पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

everest kitchen

कास्की । पोखरामा ९ जनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१६ मध्यपथ बस्ने तेज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई नगद ६८ हजार १ सय ३५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।