तुल्सिपुर उप-महानगरपालिकाका बैंक तथा बित्तीय संस्था हप्ताभरिनै खुल्ने

everest kitchen

तुल्सिपुर। दाङको तुल्सिपुर उप-महानगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्था अबदेखि हप्ताको ६ दिननै खुला रहने भएका छन । संस्थाहरु शनिबार बाहेक ६ दिन खुल्ला रहने छन ।

उप- महानगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुको बैठकले तुल्सिपुर भित्र
अत्यावश्यक सेवा भित्र पर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्ने निर्णय गरेको एक सुचना जारी जानकारी दिएको छ । सुचना अनुसार अब त्यस्ता संस्थाहरु बिहान १० बजेदेखि २ बजेसम्म नियमित खुल्ने छन ।

खुला रहने संस्थाहरुले स्वास्थय सुरक्षाका मापदण्डहरु पुरा गरी खुल्ला गर्नुपर्ने छ भने कार्यालयहरुमा कार्यरत कर्मचारीहरु आफ्नो स्पष्ट पहिचान खुल्ने परिचयपत्र अनिवार्य बोक्नुपर्ने छ ।