भारत कोरोना प्रभावितमध्ये विश्वको छैठौं स्थानमा, २ लाख ३६ हजारबढी संक्रमित

everest kitchen

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये छैठौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ ।

सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजारबढि रहेको छ । त्यस्तै ६ हजार ६४९ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १ लाख २९ हजार ७४१ सय जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १९ लाख ६५ हजारबढी रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३९४ रहेको छ भने ७ लाख ३८ हजारबढि निको भएका छन् । अमेरिकापछि ब्राजिलमा करिब ६ लाख ४६ हजार संक्रमित भएका छन् । ब्राजिलमा अहिलेसम्म ३५ हजार ४७ को मृत्यु भएको छ भने करिब ३ लाख २ हजार निको भएका छन् ।

त्यसैगरी रुसमा ४ लाख ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ५ हजार ५२८ जनाको मृत्यु भएको छ । रुसपछि बेलायत , स्पेन र ईटाली बढि प्रभावित भएका छन।

अमेरिकका पछि सबैभन्दा बढि बेलायतमा मृत्यु भएको छ । बेलायतमा हालसम्म ४० हजार २४१ जनाको मृत्यु भएको छ ।

विश्वभर हालसम्म ६८ लाख ५१ हजार ७२० जनामा संक्रमण देखिएको छ भने ३ लाख ९८ हजार २६० जनाको मृत्यु भएको छ । त्यस्तै ३३लाख ५१ हजार ४१९ जनाले स्वास्थ्य लाभ गरेका छन ।