कोरोना : मलेसियामा मर्नेको सङ्ख्या १ सय १७ पुग्यो, थप ३७ नयाँ संक्रमित

everest kitchen
photo file

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १७ पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १७ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ८ हजार ३०३ जनामा संक्रमण देखिएकाेमा ६ हजार ६३५ जनाले स्वास्थ्य लाभ गरेका छन । शुक्रबार थप ३७ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म मलेसियामा ८१ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेको पुष्टि भएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ९८ हजार ५१८ रहेकाे छ भने संक्रमितको सङ्ख्या ६८ लाख ६८ हजार ३६५ जनामा संक्रमण रहेकाे छ । ३३ लाख ६२ हजार ९०८ जनाले स्वास्थ्य लाभ गरेका छन ।