चितवनमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

everest kitchen

चितवन । राप्ती नगरपालिका-६ बेलियास्थित सडकमा ना.७ ख ३४६६ नम्बरको ट्रिपरले ठक्कर दिँदा साइकलयात्री खैरहनी नगरपालिका-७ बस्ने ४० वर्षीय वीरेन्द्र महतोको शुक्रबार राति मृत्यु भएको छ ।

ट्रिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका महतोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको  छ ।