खैरो हिरोईनसहित भट्ट पक्राउ

everest kitchen

कञ्चनपुर । भिमदत्त नगरपालिका-४ सब्जीमण्डी बस्ने दार्चुला महाकाली नगरपालिका-४ घर भएका ४० वर्षीय जिवन भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३५ मिलीग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

 भट्टले अवैध लागूऔषध खरिद बिक्री एवं ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही नगरपालिका-१८ सालघारीबाट उक्त अवैध लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ  ।