भारत कोरोना प्रभावितमध्ये विश्वको पाँचौ स्थानमा,

everest kitchen


ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये छैठौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ९ सय ७१ जनामा संक्रमण देखिएको छ ।

पहिलो पटक भारतमा एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । यसअघि शनिबार ९ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ सय ८७ जनाको मृत्यु भएको छ । आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २८ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म ६ हजार ९ सय ४६ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा एक लाख १९ हजारभन्दा बढी निको भएका छन् ।

अमेरिकामा अहिलेसम्म करिब १९ लाख २० हजार जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै करिब एक लाख १० हजारको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ५ लाख निको भएका छन् ।

त्यस्तै ब्राजिलमा ६ लाख ७२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । ब्राजिलमा अहिलेसम्म करिब ३६ हजारको मृत्यु भएको छ भने २ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।

रुसमा ४ लाख ५८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । रुसमा ५ हजार ७ सय १७ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ भने करिब २ लाख २० हजार निको भएका छन् ।

चौथो स्थानमा रहेको बेलायमा करिब २ लाख ८६ हजारमा कोरोना संक्रमण देखिएको छ । बेलायतमा अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यसअघि भारतभन्दा संक्रमणकाे हिसाबले अगाडि रहेका ईटाली र स्पेन भारत भन्दा पछाडि रहेका छ ।

विश्वभर हालसम्म ६९ लाख ८२ हजार ९६४ जनामा संक्रमण देखिएको छ भने ४ लाख २ हजार २७३ जनाको मृत्यु भएको छ । त्यस्तै ३४ लाख १३ हजार ४४ जनाले स्वास्थ्य लाभ गरेका छन ।