कुटनैतिक पहल बाहेकका चार्टर उडानमा रोक

everest kitchen

काठमाडौँ । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ ।

शनिबार प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेल द्धारा सूचना जारी गर्दै आइतबारदेखि ट्राभल एजेन्सी र एयरलायन्सले आफुखुसि गर्ने चार्टर उडानलाई रोक लगाएको बताएको छ । प्राधिकरणले नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै टिकट बिक्री वितरण र बुकिङ नगर्न नगराउन अनुरोध गरेको छ ।

सुचना अनुसार कुटनैतिक माध्यम र पहलबाट हुने चार्टर्ड उडान बाहेक अन्य उडान गर्न पाईने छैन ।