जंगली जनावर मृगको शिकार गरेपछि दुईजना पक्राउ

everest kitchen

उदयपुर । जंगली जनावर मृग मारेको अभियोगमा चौदण्डीगढी नगरपालिका-५ जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिकास्थित सगरमाथा सामुदायिक जंगलमा गई जंगली जनवर मृग मारी उनीहरुले आफ्नो घरमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुर र सब-डिभिजन बन कार्यालय सुन्दरपुर उदयपुरबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई मृगको मासु सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको हो ।

पक्राउ परेका दुवै जनालाई सब-डिभिजन बन कार्यालय सुन्दरपुरमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।