कोरोना प्रकोप : मलेसियामा थप १९ नयाँ संक्रमित, मर्नेको सङ्ख्या शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १९ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११७ रहेकाे छ । ८ हजार ३२२ जनामा संक्रमण रहेकाेमा ६ हजार ६७४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख २ हजार ५६१ रहेकाे छ भने संक्रमितको सङ्ख्या ६९ लाख ९८ हजार २१३ जनामा संक्रमण रहेकाे छ । ३४ लाख २१ हजार ३८२ जनाले स्वास्थ्य लाभ गरेका छन ।

यो पनि पढ्नुहोस:

मलेसिया कोरोनाको नयाँ चरणमा: आवागमन नियन्त्रण आदेश झनै खुकुलो