जसपाको वरियतामा बाबुराम भट्टराई चौथो क्रममा

everest kitchen


काठमाडौं । राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले दफ दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसहित आबश्यक कागजात बुझाएको छ । वरियता विवादकै विच जसपाले दल दर्ता प्रक्रियामा गएको हो ।

आइतबार नयाँ पार्टी दर्ता लागि शीर्ष नेताहरु बाबुराम भटराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु आयोग कार्यालय पुगेर दल दर्ताका लागि कागजात बुझाएका छन । निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।

दल दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् भने कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा क्रममा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइए पनि विवाद नमिलेपछि निर्वाचन आयोगमा दर्ता गर्दा बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेता बनाइएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार हाललाई दल दर्ता गरौं विवाद पछि समाधान गरौंला भन्ने बाबुरामको सहमति भएपछि बाबुरामलाई तलको वरियातामा राखिएको हो ।