बजेट सम्बन्धमा संसदमा उठेका प्रश्नको २१ मन्त्रीहरुले जवाफ दिने

everest kitchen


काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित २१ मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयका मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ । विनियोजन विधेयक पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला हुने छ ।

बजेटमा माथि करिक २ दर्जन जति बजेट खर्च कटौतीको प्रस्ताव रहेकोमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निर्णयार्थ पेस गर्ने कार्यक्रम रहेको छ ।

बैठक सोमबार बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँवानेश्वरमा बस्दैछ ।