पेस्तोलसहित पक्राउ परेका दिपेन्द्र कुमार उपर अनुसन्धान सुरु

everest kitchen
File photo

सिरहा । लहान नगरपालिका-१५ घर भई हाल सोही नगरपालिका-५ हटिया बजार डेरा गरी बस्ने २७ वर्षीय दिपेन्द्र कुमार यादव  कटुवा पेस्तोल १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट २८ थान सहित शनिबार पक्राउ परेको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

यादवलाई डेरा कोठाबाट उक्त पेस्तोल र लागूऔषध सहित फेला पारी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लहानले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाएपछि यादव उपर थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।