सल्यानमा बसिला प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

everest kitchen

 सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका उनका श्रीमान ३८ वर्षीय डिल्ली बहादुर घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लिलालाई पक्राउ गरेको प्रहरीले जनाएको  छ  ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।