चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको हो: मन्त्री अर्याल

everest kitchen


काठमाडौ । चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बताएकी छिन् ।

सोमबार संघीय संसदमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री अर्यालले जानकारी दिदै भनिन् ” नेपालले नेपाल तर्फबाट र चीनले चीन तर्फबाट सगरमाथाको उचाइ मापन गर्ने छलफल र समझदारी भएकै अनुसार चीनले सगरमाथाको उचाइ नापेको हो ।

चीनले सगरमाथा आधार शिविर नजिकै फाईभ जी ईन्टरनेट बिस्तार गरेको बारे भने मन्त्री अर्यालले केहि बताएनन् ।

केहि समय अघि चीनिया पक्षबाट सगरमाथामा ईन्टरनेट सेवा बिस्तार र उचाइ मापन गरेको समाचार तथा भिडियो फुटेजहरु बाहिरको थियो ।