एमसीसी विवाद बारे छलफल गर्न बोलाएको नेकपा सचिवालय बैठक स्थगित

everest kitchen
photo file

काठमाडौ । मंगलबार बस्ने भनिएको नेपाल कम्युनिस्ट ( नेकपा) सचिवालयको बैठक स्थगित भएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको हो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताका कारण मंगलबार दिउँसो ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति तथा कार्यक्रम र बजेटमा परेपछि पार्टीभित्र देखि संसदसम्ममा व्यापक विवाद भएपछि मंगलबारलाई सचिवालय बैठक बोलाइएको थियो ।