छुट्टाछुट्टै स्थानमा हतियारसहित दुईजना पक्राउ

everest kitchen
File photo

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने २० वर्षीय सुजन सुनारलाई कटुवा पेस्तोल १ थान र गोलीको खोका  १२ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुनकोशी-४ टिपटार बस्ने २६ वर्षीय युबराज राईलाई भरुवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जिप्रका ओखलढुंगाले जनाएको छ ।
यस्तै , नवलपरासीको गैंडाकोट नगरपालिका-३ स्थित देउराली सामुदायिक बनमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उक्त बनको बुढीआँप भन्ने स्थानमा सालको रुखमुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले उल्लेख गरेको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।