लकडाउनको मोडालिटि तयार भएपछि एसईईलगायत परीक्षाको टुंगो लाग्ने : मन्त्री पोखरेल

everest kitchen


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललेलकडाउन को मोडालिटि तयार भएपछि एसईईलगायत परीक्षा कहिले हुने भन्ने बिषयमा टुंगो लाग्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा संसद बैठकमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताएका हुन ।
स्सदमा बोल्दै उनलेे भने ” ‘एसईई नभएकोले विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखिएको छ । ‘विद्यालयमा क्वारेन्टाइन छ। केही केन्द्र थप गरेर एसईई गर्ने कि भन्ने पनि थियो, संक्रमित बढ्दै गएपछि त्यो पनि सम्भव भएन उनलेे भने ।’

त्यस्तै लकडाउनको मोडालिटि तयार भएर आएपछि
एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले कार्ययोजना बनाएर अघि बढ्ने शिक्षामन्त्री पोखरेलले बताए ।