मलेसियामा आज पनि ७ जना मात्र संक्रमित, आजमात्रै २८१ जना निकाे भए

everest kitchen

 

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११७ रहेकाे छ । ८ हजार ३३६ जनामा संक्रमण रहेकाेमा ६ हजार ९७५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजमात्रै २८१ जना डिस्चार्ज भएका छन । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ९ हजार ९२ रहेकाे छ भने संक्रमितको सङ्ख्या ७२ लाख १६ हजार २६३ जनामा संक्रमण रहेकाे छ । ३५ लाख ५२ हजार ३६९ जनाले स्वास्थ्य लाभ गरेका छन ।