उपत्यकामा लकडाउन खुकुलो छैन, मंगलबारमात्रै ४ हजारबढी सवारी नियन्त्रणमा

everest kitchen
photo file

काठमाडौं । काठमाडौ लगायत देशभर तुलनात्मक रुपमा लकडाउन केहि खुकुलो देखिएपनि प्रशासनले भने खुकुलो नगरेको बताएको छ ।

उपत्यकामा मंगलबार बिहान ६ बजेदेखि साँझ सात बजेसम्म ४ हजार १ सय ७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जसमध्ये ३,६४७ वटा दुई पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे रहेको महाशाखाले उल्लेख छ। लकडाउन अबधिभर उपत्यकामा मात्रै ६१ हजार बढी सवारी नियन्त्रणमा लिएर कारबाही गरेको महाशाखाको तथ्यांक रहेको छ ।

लकडाउन खुकुलो नभएको भन्दै लकडाउनकाे पालना गर्न महाशाखा प्रमुख भिम ढकालले आग्रह गरेका छन ।
उनका अनुसार महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेर काम गरिरहेको छ।