पहिलो चरणमा स्वदेश फर्काउनपर्ने नेपालीको सुचि परराष्ट्रलाई प्राप्त

everest kitchen
photo file

काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । केहिदिन अघि सरुवाती चरणमा नेपाली ल्याइएको बताएपनि सम्बन्धित देश स्थित नियोगको प्राथमिकतामा नरहेका परेको गुनासो आएको थियो ।

सरकारले पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ ।तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् ।

दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मलेसिया र खाडीका छ देशबाट लगभग २० हजार नागरिक पहिलो चरणमा ल्याउनुपर्ने अवस्था रहेको छ । पहिलो चरणमा साउदी अरेबियाबाट ६ हजार ६२४ जना, मलेसियाबाट ६ हजार ४२५, कतारबाट तीन हजार ६०८ जना, संयुक्त अरब इमिरेट्स ९यूएई०बाट ४१० जना, बहराइनबाट ३७२, ओमानबाट ६५६, कुवेतबाट दुई हजार ९९१ रहेका छन् ।

त्यस्तै , अस्ट्रेलियाबाट एक हजार ३००, माल्दिभ्सबाट २७४, दक्षिण कोरियाबाट २८२ जना, साइप्रसबाट ४७१ जना र जापानबाट ९१६ जनालाई ल्याउनुपर्ने तथ्यांकमा उल्लेख रहेको छ ।

यस्तै बङ्गलादेशबाट १८० जना, पाकिस्तानबाट १२५ जना र श्रीलङ्काबाट ३६ जना ल्याउनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट अहिले स्वदेश फर्काउनपर्ने नेपालीको सङ्ख्या ६४६, क्यानडाबाट ७८ जना, इजरायलबाट ३९ जना, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, दक्षिण सुडानबाट १८ जना, सुडानबाट ३१ जना, मोरक्कोबाट ६३ जना, थाइल्यान्डबाट ३५७ जना, सिङ्गापुरबाट ६१ जना, कम्बोडियाबाट ४१ जना, भियतनाम, लाओस, डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरूले परराष्ट्र मन्त्रालयलाई पठाएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।