नेपालमा कोरोना संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएका हुन : प्रधानमन्त्री ओली

everest kitchen


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । ओलीले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन् । भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो ।’

ओलीका अनुसार भारतबाट आउदा रेल तथा गाडीमा लामो समय कोचाकोचको अवस्थामा यात्रा गर्दा मानिसहरुमा संक्रमण फैलिएको बताए ।

उनले यसअघिकोे संसदकै सम्बोधनमा भारतबाट आएको कोरोना भाइरस कडा भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको भारतीय टिभी च्यानलहरुले आपत्ति जनाएका थिए ।