सुतिरहेको बेला बन्चरो प्रहार गरि आफ्नै छोराको हत्या

everest kitchen
सांकेतिक तस्बिर 

रुपन्देही । कञ्चन गाउँपालिका-१ कुचेरा बस्ने ५३ वर्षीय रिम बहादुर कुमाललाई आफ्नै छोराको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काकाको घरको छतमा सुतिरहेको अवस्थामा रिम बहादुरले बन्चरो प्रहार गर्दा गम्भीर भएका उनकै १६ वर्षीय छोरा सुदिप कुमालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रिमबहादुरलाई पक्राउ गरेको प्रहरिलेे जनाएको छ ।

यस घटना  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरिलेे बताएको छ ।