आज मलेसियामा एमसीओ पछिकै सबैभन्दा थोरै जम्मा २ जना नयाँ बिरामी

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १८ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ८ हजार ३३८ जनामा संक्रमण देखिएकाेमा ७ हजार १४ जनाले स्वास्थ्य लाभ गरेका छन । बुधबार थप २ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा एमसीओ पछिकै सबैभन्दा थोरै जम्मा २ जना नयाँ संक्रमित थपिएका हुन । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ८० जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेकाे पुष्टि भएको छ । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख १४ हजार १०७ रहेकाे छ भने संक्रमितको सङ्ख्या ७३ लाख ४० हजार ८६२ जनामा संक्रमण रहेकाे छ । ३६ लाख १९ हजार ३८३ जनाले स्वास्थ्य लाभ गरेका छन ।