सरिता गरिलाई संशोधनमाथिको संशोधन प्रस्ताव फिर्ता लिन पार्टीको निर्देशन

everest kitchen

काठमाडौ । निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई समाजवादी पार्टी नेपालले प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

समाजवादी पार्टीले बुधबार निर्देशन पत्र जारी गर्दै संघिय संसदमा दर्ता भएको नेपालको संविधानको दोश्रो संशोधनमा तपाईले संसदीय दलको निर्देशन विना संशोधन हालेकोले तुरुन्तै फिर्ता लिन निर्देशन गरिन्छ भनेर उल्लेख गरिएको छ ।

साथै पार्टपको निर्देशन पालना नगरेमा पार्टीले कारवाही गर्ने निर्देशन पत्रमा स्पष्ट पारेको छ ।

समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता पाएका छैनन्।