प्रेरणा : शेखर अर्याल

everest kitchen
शेखर अर्याल

लघुकथा : प्रेरणा
शेखर अर्याल

अभावभित्र उसकाे खुसी बेग्लै थियाे । आमाले जेनतेन छाेरी विद्यालय पठाएकी थिइन् ।

“अब त छाेरी बाह्र सक्न थाली ।”

आमा सुई……..य सास फेर्दै गुन्द्रीमा बसिन् ।

“बल्ल जमुनाका बाकाे चाह पूरा हुने भयाे ।” देख्न पाएकाे भए कति खुसी हुनुहुँदाे हाे । उनले पतिकाे तस्वीर नियालेर हेरिन् । बरर आँशु झार्दै गाउँका बालबालिकालाई विद्यालय जान दिएकाे प्रेरणा सम्झिन् ।

“खै! के कस्ताे नतिजा ल्यार आउने हाे ?”

गाेठमा बाख्रा कराए । कसले देला घाँस पानी ? भकारैमा मर्ने भए । कतिखेर आउने हाे ।

“हरे! अब त दुखका दिन जालान् ।”

“आमा म बुबाकाे सपना पूरा गर्छु भन्थी, खै! के गर्छे?”

जमुना भने हृदयभरि पिर बाेक्दै विद्यालय हुइँकिई । मनमा अभावका ज्वारभाटा चल्दै थिए । उसले खाेला तर्दा केटाले जिस्काएकाे सम्झी ।

यस्तै तर्कवितर्क खेलाउँदै जमुना विद्यालय पुगी ।विद्यालयमा आफ्नाे तस्वीर ठुलाे बनाएर अगाडि राखिएकाे रहेछ । उसका गाेडा फुले, मन डगमगायाे ।

जमुना…….. ठुलाे स्वरमा प्रधानाध्यापकले बाेलाए ।

“स्यावास जमुना ! तिमी सबैकाे इज्जत बन्याै, जिल्लामै चार जिपिए ल्याउने एकमात्र विद्यार्थी भयाै ।” बधाई तिमीलाई अनि तिम्राे परिवारलाई । एकाएक जमुना फूलमालाले घेरिई ।

उसकाे सम्मानमा गाउँ पालिका अध्यक्ष र सांसद्समेत उपस्थित थिए ।

“हिजाे कापीकलम जाेर्न नसक्ने जमुनाकाे सम्मान आश्चर्य लाग्दाे थियाे ।”

कार्यक्रम सुरु भयाे । सबैले जमुनाकाे तारिफ गरे । विद्यालयकाे पनि सम्मान भयाे ।

उद्घाेषकले विशेषणकाे ओइराे खन्याउँदै जमुनालाई मञ्चमा आमन्त्रण गरे ।

जमुना भावविह्वल हुँदै – ” याे सफलता मेरी आमाकाे हाे । याे खुसी गुरु गुरुमाकाे हाे । म त केवल मिहिनेतकर्ता मात्र ।”

गडगडाहट ताली बजे ।

जमुना गाउँपालिकाले दिने छात्रवृत्तिकाे खुब प्रशंसा गरी । बुबाले चाहे जस्ताे सामाजिक कार्यमा लाग्ने प्रतिबद्धता जनाई ।

फरर ताली बजे । कार्यक्रम सकियाे ।

साँझ पर्न आँट्याे । असिनपसिन हुँदै ऊ घरतर्फ लागी।

खाेला तर्ने बाटाे सकियाे । एक हातमा चुँडिएकाे चप्पल अर्काे हातमा उपहारसहित उकालाे लागी ।

आधा उकालाे सकियाे । ऊ खेतकाे अालीमा टुसुक्क बसी । आमाका ती प्रेरणामय कुरा झलझली सम्झी ।

उपहार आमासामु राख्न हतारिएकी जमुना
घर पुग्दा झमक्कै साँझ प-याे । घरकाे आँगन मानिसले भरिएकाे देखी ।

गाउँलेले भने- “ऊ जमुना आई ।”

आमा! आमा!! ए आमा!!! भन्दै ऊ उपहारसहित आँगनमा हाम फाली ।

(कीर्तिपुर ४ ढल्पा)