समुहमा बेहोस हुने समस्या हिस्टेरिया होइन तनाव र त्रासको उपज हो

 

प्रा.डा. सुदर्शन नरसिंह प्रधान

प्रा.डा. सुदर्शन नरसिंह प्रधान
‘ हिस्टेरिया ‘ धेरै पुरानो चलनचल्तीको शब्द हो यो । त्यसलाई हामीले हिजोआज त्यति प्रयोग गर्दैनौँ । त्यसको आफ्नो पुराथिस फरक भएको हुँदा हामी यसलाई कन्भर्जन डिसोसिएटिभ डिसअर्डर भन्छौं । यसका पनि तीन तह हुन्छ । एउटा अत्यन्त अलिकति मोडिएर वर आएकाले त्यसलाई डिसोसिएटिभ डिसअर्डर हुन्छ । यसको असर भने फरक खालको हुन्छ । त्यसमा एकेडेमिक व्यापारमा घाटा खाएर वा पठनपाठनमा फेल भएको , दाजुभाइमा अंशवण्डामा समस्या आएका कारण तथा कोही श्रीमान – श्रीमतीबीच झगडा भएको र डिभोर्स भएको तथा सासू – बुहारीमा खटपट आएको अनेक कुरा हुन्छन् । विभिन्न कारणले स्ट्रेस बहन गर्न सकेन , म्यानेज गर्न सकेन भने मान्छेमा एउटा परिवर्तन आएर फिजिकल सिम्प्टमका रूपमा देखापर्छ , जुन फिजिकल सिम्प्टम्स विभिन्न किसिमको हुन सक्छ । कसैलई टाउको दुख्ने हुन सक्छ , कसैलाई आधा मात्र दुख्ने हुन सक्छ ।

बोली नफुट्ने पनि हुन सक्छ , हात नचलेको जस्तो पनि हुन सक्छ । प्यारालाइसिस भएको जस्तो पनि हुन सक्छ , विभिन्न किसिमको समस्या हुन सक्छ । तर , के हुन्छ भने यसमा सबै कुरा जाँच गर्दा केही पनि देखिंदैन । ऊ मेरो प्यारालाइसिस भयो भनेर आउन सक्छ प्यारालाइसिस भयो भने कारणहरू सबै ब्लड टेस्टदेखि लिएर , सिटी स्क्यानदेखि लिएर सबै कुरा हेयो भने त्यसमा केही पनि संभावना देखिंदैनन् । प्यारालाइसिस भएको कारण त हेरेपछि थाहा हुन्छ । त्यस्तै , कसैकसैलाई स्वर नै आउँदैन , स्वर बस्छ । ठ्याक्कै आवाज नै आउँदैन । त्यसका लागि हामी स्वाउन बक्स , जुन ल्याबमा हेछौं । केही भएको छ भनेर हेयो भने त्यसमा केही पनि भएको हुँदैन । कसैकसैले खोकेको खोकै गरिरहेको हुन्छ । खोक्नुपर्ने कारण छातीमा संक्रमण भएको कारणले हुन सक्छ भनेर एक्सरे गरेर हेछौं । एक्सरे गर्दा पनि त्यसमा केही पनि देखिदैन । कोहीकोही लर्बराएर हिँडिरहेको हुन्छ , कराउने , चिच्याउने गर्छन् । कसैकसैले त ‘ देउता आएको ! देखा’को ! छ कि भन्दे , म फलानो वा तिलानो हुँ ‘ भन्ने गर्छन् । त्यस्तो भनेर बकबकाउने पक्ष पनि हुन्छ । यसलाई परंपरागत रूपमा ‘ हिस्टेरिया ‘ भन्ने गरिएको छ । हिजोआज यो शब्द प्रयोग गरिँदैन । यसलाई अचेल ‘ मास हिस्टेरिया’को रूपमा चर्चा गर्ने गरिएको छ ।

त्यो सबैका लागि एउटा समान खालको स्ट्रेसका हुने गर्छ । ठूलो स्ट्रेस के त भन्दा पढाइको स्ट्रेस हुन सक्छ । त्यहाँ विज्ञान विषयको विद्यार्थी शिक्षक पनि कडा , त्यहाँ अंग्रेजीको शिक्षक पनि एकदम कडा , धेरै समस्या आउने विज्ञान , अंग्रेजी र गणित , यी तीनवटा विषयमा अलिकति बढी विद्यार्थीलाई गाह्रो भइरहेको हुन्छ । एउटा त उसलाई एकदम गाह्रो हुनेवित्तिकै उसले कोप गर्न सक्दैन । म फेल भएँ भने के गर्नु ? यता घरबाट पनि उसलाई पास गर्नुपर्छ राम्रोसँग पढ्नुपर्छ भनेर भनिरहेको हुन्छ । अनि शिक्षक पनि त्यसै नै गरिरहेको हुन्छ । त्यो शिक्षक त्यहाँ पुगेपछि उसलाई डर पनि हुने गर्छ । त्यसले गर्दा हुन्छ । त्यसले गर्दा पनि यस्तो हुन सक्ने एउटा र महत्त्वपूर्ण लक्षण हो ।

अर्को पहिला लडेको हुन्छ । त्यो लडेपछि लडेर सुतेपछि अर्कोमा पनि त्यही सोच्छ । अब त्यस्तो भयो भने के गर्ने भन्ने देख्छ अनि यो फेरि समस्याका रूपमा बल्झिन्छ । प्रायजसो महिलालाई देखिए पनि यो समस्या पुरुषलाई पनि हुन्छ । ‘ स्ट्रेस ‘ एउटै प्रकृतिको हुने गर्दा भूत आयो या देवी चढ्यो भन्ने कुरा हुन्छ र सबै ‘ स्ट्रेस’लाई सहन नकसकेको हुन्छ मान्छेले । त्यो सबैको दिमागमा देखिएको हो । ‘ म्याथ ‘ पढ्न गाह्रो भएको छ भने त्यो शिक्षकले पढाउन नसकेको र विद्यार्थीले नबुझेको तथा त्यो शिक्षकले कडा हुन खोजेको हुन सक्छ । सबैका लागि ‘ म्याथ’मा नम्बर ल्याउनुपर्छ भनेको हुन्छ । त्यो भन्दा उसलाई त्रास हुने भयो । कसरी गर्ने ‘ म्याथम्याटिक्स ‘ आउँदैन । गर्न सक्दैन । त्यसले गर्दा त्यस्तो छट्पटाहाट र पीडाले त्यो समस्या परेको हुन्छ । ऊ ढल्न थाल्छ । त्यसपछि एउटा ढल्नेवित्तिकै अर्को पनि ढल्ने समस्या आउँछ । अर्को पनि आउँछ । त्यसपछि धेरैलाई समस्या हुन्छ । मलाई पनि हुँदै छ भन्ने त्रास एउटा साथी ढलेको देखेपछि हुने हो । कसरी हुन्छ , त्यसलाई कन्ट्रोल गर्न सकेन भने लड्न थाल्ने हो । समस्या सबैलाई यही हुने गरेको हुन्छ । त्यसैले उपचार गर्दा हामीले यस्तो समस्या भएकालाई अलगअलग गराएर राख्नुपर्छ ।

एकआपसमा हेर्दै नहेर्ने किसिमले उपचारको क्रममा जाँदाखेरि अलग्ग राखेपछि मात्रै गर्न सकिन्छ । जति मान्छे झुम्मिन्छ नि , त्यति मान्छे उत्साहित हुन्छ र चिच्याउन पाउँछ । कतिका लागि पटक पटक पनि देखिन्छ र आफै सञ्चो हुने पनि हुन्छ । धेरैजसो पढाइमा पनि समस्या हुन्छ । घरमा केही समस्या भएको हुन्छ कि दुई – तीनवटा कुरा आएका हुन्छन् । आर्थिक अवस्था कमजोर भएको छ कि वा बाबुले आमालाई पिटेको देखेको छ कि ! शिक्षकले कुटेको भनेर देखेको छ कि ! बच्चाले होमवर्क मात्रै देखेको हुन्छ । यसले गर्दा चिन्ता बढी भएको हुन्छ । त्यसरी पढाउने कुरा हुँदैन । गरेन त ठीकै छ , गरेन भने गरेन भन्नुर्पयो । त्यो नगर्ने वातावरण सुधार गर्नुर्पयो भन्ने हो ।, बेसी ‘ डिमान्ड ‘ गरेर हुने ! समस्या हो । ‘ डिमान्ड ‘ अनुसार उपलब्धि भएन नि त ! गर्न नपुगेपछि उसलाई यति धेरै पीडा हुन्छ ।

त्यो पीडा भएको फिजिकल सिम्प्टम भएर बसेको हुन्छ । त्यो सिम्प्टममा ऊ बेहोस भएर लड्ने भयो । कसैलाई टाउको मात्रै दुख्ने पनि हुन सक्छ । टाउकोमा चेक गयो भने फरक फरक किसिमका समस्या देख्न सकिन्छ । एउटै लक्षण हुन सक्छ भन्ने हुँदैन तर बाहिरबाट केही पनि देखिंदैन । सबै चेकअप गरिएको छैन । मास हिस्टेरिया सबैलाई एउटै समस्या आयो । त्यसमा थप्ने के हुन्छ ? उसको घर व्यवहार हो कि अरू दुई – तीनवटा समस्याहरू पनि आउन सक्छन् । कसैको त्यो उमेरमा बिहेको प्रस्ताव पनि आएको हुन सक्छ , जसलाई उसलाई आफूले भन्न सकेको नहुन सक्छ । पढाइको कुरा पनि हुन सक्ला । हरेक हुन सक्छ । त्यो व्यक्ति विशेषमा फरक फरक होला ।

त्यसको हरेक बच्चासँग बसेर उसको समस्या के हो , अलग्गै राखेर कुरा बुझ्नुपर्ने हुन्छ । उसले सुरुमा भन्दै भन्दैन । केही पनि भएको । छैन भन्छ । बुझ्नुर्पयो केही पनि नभई त्यसो न हुँदैहुँदैन । विभिन्न किसिमका कुराहरू मुख्य विषय अर्थात् समस्याको जड खोज्नुर्पयो । एकेडेमिक समस्या हुन्छ । त्यसलाई अलकति । बढी भएको देखिएको छ । त्यसमा घरमा पनि समस्याहरू आएका हुन सक्छन् । घरको समस्यामा बाबुआमाको समस्या , व्यावहारिक विषय पनि हुन्छ । काठमाडौंमा यो कुरा अलिक कम छ । त्यति साहो देखिंदैन वा सुनिँदैन । गाउँतिर बढी छ र सुनिन्छ । गाउँतिर यस्तो समस्या देखिन्छ । आर्थिक विषयमा पनि त्यसमा जोडिएको संभावना हुन सक्छ ।

यहाँ चाहिँ समस्या हुन्छ । पिट्ने , कुट्ने काम कम भएको छ । शिक्षकको बढि ‘ डिमान्ड ‘ भएको हुन सक्छ । एउटाबाट अर्कोमा सर्दै जानुमा एउटै समस्या बढी हुने देखिन्छ । सबैले एउटै समस्या भोगेको हुँदा दिमागमा आएको हुन्छ । ठ्याक्कै प्रस्ट नै थाहा भएको हुन्छ । कुन क्लासमा भएको छ ? त्यो सोध्यो भने थाहा हुन्छ । उसलाई अंग्रेजीको कक्षामा भएको थियो कि म्याथकोमा हो कि, विज्ञानमा हो कि, भनेर पहिचान गर्न सकिन्छ । समय एउटै हो कि त्यो पनि हेर्न सकिन्छ । शिक्षक भएको बेला हो कि ! त्यो पनि हेर्न सकिन्छ । शिक्षक कस्तो थियो ? बानी व्योहरा कस्तो थियो ? त्यसबाट पनि पत्ता लगाउन सकिन्छ । त्यो विद्यार्थीलाई मात्रै हेर्नुहुँदैन । त्यो ‘ ब्याकग्राउन्ड’मा हेर्नुपर्ने हुन्छ र शिक्षक कडा थियो कि बढी डिमान्ड गरिएको थियो कि पिट्ने खालको हो कि ? त्यो पनि हेर्नुपर्छ । समस्या समधानतर्फ लाग्नुपर्छ ।

यहाँ अज्ञात रोग लाग्यो भनिदिने कारणले पनि बढी नै समस्या ल्याएको छ । त्यो रोग थाहा पाउनुभन्दा पहिला देउता लागेको , भूत बिग्रेको , बोक्सी आएको भन्ने लाग्छ । त्यो बेलामा पनि समस्या , गलत संचारले गर्दा पनि समाधानमा समस्या भएको हुन सक्छ ।’मेडिकल जना लजम’ले काम गर्नुर्पयो । कस्तो किसिमको हो भनेर ज्ञान हनुर्पयो । त्यो हिसाबले पनि काम गर्नुपरेको हुन सक्छ । त्यो विषयमा ज्ञान प्राप्त हुनुर्पयो । त्यो विषयको ज्ञान हुँदैन अनि अज्ञात रोग लाग्यो भनेर त्यही लेखिदिँदा पनि समस्या भएको छ । युवा हुङ्कार मासिक

(प्रा.डा. सुदर्शन नरसिंह प्रधान, मनोरोग चिकित्सक संघका अध्यक्ष तथा काठमाडौं मेडिकल कलेजको मनोरोग विभाग प्रमुख हुन )