मलेसियामा आज ३१ जना नयाँ बिरामि, मृत्यु भने भएन

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११८ रहेकाे छ । ८ हजार ३६९ जनामा संक्रमण रहेकाेमा ७ हजार ६५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख १९ हजार ३६१ रहेकाे छ भने संक्रमितको सङ्ख्या ७४ लाख ७६ हजार २१९ जनामा संक्रमण रहेकाे छ । ३७ लाख ९० हजार ८३१ जनाले स्वास्थ्य लाभ गरेका छन ।