ओमानबाट सस्तो हवाई भाडा तिरेर ३ सय नेपाली स्वदेश फर्कन पाउने

everest kitchen

मस्कट । ओमनबाट नेपाल फर्कने नेपालीहरुकोलागी ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ ।

ओमानस्थित नेपाली दूताबासले प्रकाशित गरेको आधिकारिक सूचनामा स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल (करिब ३४ हजार रुपैयाँ) बझाउनुपर्ने भनिएको छ । सोही भाडादरमा करिब साढे ३ सय नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर (करिब ६१ हजार रुपैयाँ) भाडा तिर्नुपर्ने सरकारले सूची तयार पारेको छ । नेपाल सरकारले तोकेको प्लेन भाडा नियमित उडानको भन्दा चार गुणा महंगो पर्दछ ।

नेपाल फर्कर्ने सबैको अनिबार्य पीसीआर टेस्टका लनेगेटिभ रिपोर्ट भएका हुनु पर्नेछ । सबैले पनि त्रिभुवन विमानस्थलमा आएपछि आफ्नै घरमा जान पाउने दूताबासद्वारा जारी सूचनामा उल्लेख छ ।