सरकारको संबिधान संशोधन विधेयकको पक्षमा जसपाले मतदान गर्ने

everest kitchen
photo file

काठमाडौं । जनता समाजवादीले नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस बिषयमा राजपा र समाजवादीले छुट्टाछुट्टै निर्णय लिने छन । राजपा र समाजवादी मिलेर जनता समाजवादी पार्टी बनेपनि कानुनी मान्यता नपाएकोले संसदमा उनीहरु छुट्टाछुट्टै दलका रुपमा रहेका छन ।

हालको जनता समाजवादी पार्टी अर्थात समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारको संशोधन विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् । उनको उक्त प्रस्ताव तुरुन्तै फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ । प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने उसले चेतावनी दिएको छ ।