विभित्र समयमा बालबालिका बलात्कार गर्ने बिक पक्राउ

everest kitchen

ललितपुर ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन पार्टी प्यालेसको कम्पाउन्डभित्र लगेर विभिन्न समयमा जबरजस्ती करणी गरेको आरोप रहेको छ ।

आरोपितले विभिन्न समयमा करणी गरेको खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।