पाँच थान भरुवा बन्दुकसहित ६ जना पक्राउ

everest kitchen
photo file

बागलुङ । ताराखोला गाउँपालिका-१ दरौंदीबाट एकनाले भरुवा बन्दुक ५ थान सहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४९ वर्षीय चित्रराज कडेंल, ३६ वर्षीय थम बहादुर घर्ती, ४२ वर्षीय टंक बहादुर रोका, ३७ वर्षीय होम बहादुर रोका, २९ वर्षीय खिमानन्द कडेंल र ४९ वर्षीय बम बहादुर घर्ती रहेका छन् ।

उनीहरुले घरमा अवैध रुपमा हातहतियार खरखजना लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर हातहतियार तथा खरखजना मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ