मलेसियामा पहिलो प्राथमिकता परेकाले १५ जुन भित्र टिकट लिइसक्नुपर्ने

everest kitchen

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाबाट स्वदेश फर्कन पहिलो प्राथमिकता परेकाले १५ जुन भित्र टिकट लिइसक्नुपर्ने बताएको छ ।

दुतावासले शनिबार एक सुचना जारी गर्दै यही १५ , १८ , २० र २१ जुन २०२० मा मलेसियामा रही अत्यावश्यक परी नेपाल फर्कनु पर्ने नेपालीहरुलाई लक्षित गरी चार्टर्ड गरिने हुदा नेपाल एयर लाईन्स र हिमालयन एयर लाईन्सका उडानहरुमा टिकट खरिद बिभिन्न काउन्टरबाट १५ जुन भित्र टिकट खरिद गर्न भनेको छ ।

दुतावासका अनुसार ४६५ अमेरिकी डलर अर्थात मलेसियन १९८० रिङगेट तिरेर सम्बन्धित एयरलाइन्सको काउन्टरबाट टिकट खरिद गर्नुपर्ने छ ।

१५ र २० जुनमा हुने नेपाल एयरलाइन्सको चार्टर उडानको लागि नेपाल स्थित न्युरोड बिक्री शाखा ( ०० ९ ७७१४२४८६१४) र मलेसिया स्थित एयरलाइन्सका ट्राभल ऐजेन्सिहरुबाट टिकट खरिद गर्न सकिने उल्लेख गरेको छ ।

त्यस्तै हिमालय एयरलाईन्सको १८ र १९ जुनमा हुने चार्टर उडानको लागि क्वालालम्पुरस्थित हिमालयन एयरलाईन्सको काउण्टर फोनः ००६०११३७१८९२५२ मा सम्पर्क गरेर टिकट खरिद गर्न सकिनेछ ।

नेपाल फर्कन पहिलो प्राथमिकतामा परेकाले मात्रै टिकट खरिद गर्न पाउनेछन् ।प्राथमिकतामा आफ्नो नाम परेको छ वा छैन भनेर हेर्न दुतावासको साईट www.mofa.gov.np र दुतावासको आधिकारिक फेसबुक पेजबाट हेर्न सकिनेछ ।

नेपाल फर्निनेले अनिवार्य कोराेना परिक्षण रिपोर्ट साथमा राख्नुपर्ने दुतावासले जानकारी दिएको छ ।

यधपी विगत ३ महिना देखि रोजगारी गुमेर, खाने बस्ने खर्च नभएर, विभिन्न कारणले जेल परेर पनि आममाफी पाएर स्वदेश फर्कन नपाएकाहरु, भिजिट भिसामा गएर अलपत्र परेका, बिरामी भएर उपचार नपाएका कारण स्वदेश फर्कन कुरिरहेका थिए ।

मलेसियाबाट घर फर्कनेे तयारी रहेका  श्रमिकहरुका लागि मलेसियबाट यो  पहिलाे उडान भराई हुनेछ । अन्य समयमा २००-२५० अमेरिकी डलर भाडादर रहेकोमा यसअघि सरकारले  ५२० डलर तोकेको थियो । उक्त भाडादरको  चौतर्फी विरोध भएपछि थोरैै घटेर  हाल कायम भएको  ४६५ डलर पनि धेरै महंगो भएकाे, कतिपय अवस्थाका नेपाली श्रमिकहरु खाना बस्न समेत समस्या झेलिरहेकाेे याे अवस्थामा श्रमिकलाई सहयोगकाे सट्टा झन मारमा पारेकाे धारणा श्रमिक र श्रमिक अधिकारकर्मिहरुले व्यक्त गर्दैै आएका छन ।

दुतावासद्धारा जारि सुचना