कोरोना : मलेसियामा मृत्यु हुनेको सङ्ख्या १ सय २० पुग्यो , ४३ नयाँ संक्रमित

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय २० पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय २० पुगेकाे हाे ।

हालसम्म मलेसियामा ८ हजार ४४५ जनामा संक्रमण देखिएकाेमा ७ हजार ३११ जनाले स्वास्थ्य लाभ गरेका छन । शनिबार थप ४३ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ८० जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेकाे पुष्टि भएको छ । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख २८ हजार ६३२ रहेकाे छ भने संक्रमितको सङ्ख्या ७७ लाख ५८ हजार २०७ जनामा संक्रमण रहेकाे छ । ३९ लाख ७५ हजार ५७७ जनाले स्वास्थ्य लाभ गरेका छन ।