साउदीबाट आगामी जुन १५ मा तय भएको चार्टर उडान रद्द

everest kitchen


काठमाडौ । साउदी अरबको रियादबाट आगामी जुन १५ मा हुने भनिएको हवाई उडान स्थगित भएको छ । नेपाली राजदुतावास साउदीले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

राजदूतावासले सुचना जारी गर्दै हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही १५ जुन मा गर्ने भनेर तय भएको हवाई उडान अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

दुतावासले उडान स्थगितको खास कारण सुचनामा स्पष्ट उल्लेख नगरिएपनि वायुसेवाको नयाँ उडान मिति र नयाँ हवाई भाडादरको बारेमा सुचना प्राप्त हुनासाथ जानकारी गराउने बताएको छ ।

साथै , हवाई उडानका लागि आवश्यक पर्ने पिसीआर (PCR) या आरडीटी ( RDT) जस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगराउन सुचनामा अनुरोध गरिएको छ ।