नयाँ नक्सा सम्बन्धमा विप्लव नेकपाको सरकारलाई समर्थन

everest kitchen


काठमाडौ । सरकार द्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले पनि सरकारको प्रशंसा गरेको छ ।

पार्टी महासचिव नेत्रबिक्रम चन्द “विप्लव” द्धारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दै भारतले नेपालका लिम्पियाधुरा , लिपुलेक , कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसका विरुद्ध नेपाली देशभक्त जनता , विज्ञ , बुद्धिजीवी , कान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएका छन् । उक्त जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरू समेटिएको नक्सा संसद्बाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त पार्टीले नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर अगाडि बढ्न आवश्यक रहेको अौल्याएको छ ।