जीप दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

everest kitchen

काठमाडौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष ५१ वर्षीया राजकुमार शर्माको जिप दुर्घटनामा परी आइतबार मृत्यु भएको छ ।

नवलपरासीको बर्दघाटको लक्ष्मीनगर पुलबाट अध्यक्ष शर्मा सवार जिप खोलामा खसेपछि गम्भीर घाइते भएका उनको बाटोमै मृत्यु भएको बताएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् भने उनको अवस्था सामान्य रहेको नवलपरासी प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए ।

मृतक अध्यक्ष गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटनामा परेका हुन । उनी नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन ।