बलिउडका चर्चित कलाकार सुशांत सिंह राजपुतद्वारा आत्महत्या

everest kitchen


काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

विश्वव्यापी कोरोना महामारीको कारण धेरै देशहरूमा लकडाउन भएको अवस्थामा भारतमा पनि जारी गरिएको लकडाउन यता घरमा एक्लै रहेका राजपुतले आत्महत्या गरेका हुन । यधपी उनको आत्महत्याको कारण बारे भने खुलेको छैन भने पोस्टमार्टम आउन बाँकी छ ।

‘कोई पो चे’बाट डेब्यु गरेका सुशान्तले ‘केदारनाथ’ ‘छिछोरे’, ‘एम.एस धोनी”, लगायत अन्य थुप्रै फिल्ममा अभिनय गरेका छन । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे ।

उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार रहेको बताएको छ ।

पछिल्लोपटक कोरोना महामारीको समयमै विश्वभर आत्महत्या गर्नेहरु बढिरहेको बेला नेपालमा पनि केहि दिन अघि सार्वजनिक एक तथ्यांकले करि एक हजार एक सय बढीले आत्महत्या गरेको देखाएको थियो । त्यस्तै विदेशमा पनि थुप्रै नेपालीले आत्महत्या गरेका छन ।