हतियार बेचबिखनमा संलग्न पेस्तोलसहित पक्राउ

everest kitchen
File photo

रौतहट । गुजरा नगरपालिका-८ बस्ने ४० वर्षीय कर्मुल्लाह अंसारीलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने लाइभ गोली २ राउन्ड सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वृन्दावन नगरपालिका-६ जयपुर हर्षाहा सडकमा हतियारको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीलाई देख्नासाथ अंसारी भागेकाले नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त हतियार सहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

त्यस्तै, दार्चुला,दुहुँ गाउँपालिका-१ सौतलीस्थित श्री दुर्गे भवानी सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
उक्त वनमा भरुवा बन्दुक फेला परेको भन्ने जानकारी पाउना साथ प्रहरी चौकी हिकिला दार्चुलाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।
उक्त ठाउँमा बन्दुक राख्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले उल्लेख गरेको छ ।