खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी गिरि निलम्बन हुने निश्चित http://himaltimes.com/2020/06/5788/

everest kitchen


काठमाडौं । प्रतिनिधिसभामा समाजवादी पार्टीको तर्फबाट खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी सरिता गिरि निलम्बनमा पर्ने भएकी छिन् ।

नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको स्रोतले बताएको छ । उनलाई पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेको र पार्टीको निर्णय निर्देशन नमानेको भन्दै साधारण सदस्यमा समेत नरहने गरि हटाउन लागिएको समेत बताएको छ ।

पार्टीका दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव काठमाडौं आएपछि सो सम्बन्धमा निर्णय हुने स्रोतले बताएको छ ।

संसदमै भारतलाई नसोधेर नेपालले नयाँ नक्सा जारी गरेको भन्दै विरोध गरेकी गिरिको चौतर्फी आलोचना समेत भएको थियो । आलोचनाको बाबजुद पनि नयाँ नक्सा संशोधन विधेयक विरुद्ध प्रस्ताव दर्ता गराएकी उनलाई पार्टीले प्रसताव फिर्ता लिन र नलिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

यधपी पार्टीको निर्देशन नमानेर गिरिले संसदमा प्रस्ताव दर्ता गराएपछि सभामुख अग्नि प्रसाद साप्कोटाले प्रस्ताव अस्वीकृत गरेका थिए । प्रस्ताव अस्वीकृत भएपछि संसदको मर्यादा उलङ्घन गर्दै संसद बैठकबाट बाहिरिएर विभिन्न अभिव्यक्ति दिएकी थिइन् ।