कर्णाली प्रदेशको बजेट ३३ अर्ब ६० करोड , कर्मचारी भत्ता कटौती, नयाँ गाडी नकिन्ने

everest kitchen

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट ल्याएको छ । कर्णालीले ०७७/७८ को लागि ३३ अर्ब ६० करोड बराबरको बजेट ल्याएको छ ।

प्रदेश सरकारले ल्याएको बजेटमा सरकारि कर्मचारीको भत्ता कटौती देखि नयाँ गाडी खरिद नगर्ने सम्मका घोषणा गरेको छ ।

सोमबार कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन आगामी आर्थिक वर्षमा सरकारी खर्चमा एम्बुलेन्स बाहेकका सवारी साधन खरिद नगर्ने घोषणा गरिएको छ।

आगामी आर्थिक वर्षमा मन्त्री, राजनीतिक कर्मचारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च तथा जोखिम भत्ता समेत कटौती गरिएको छ।

त्यस्तै , आर्थिक वर्ष ०७७/७८ मा नयाँ संगठन संरचना पनि स्थापना नगर्ने निर्णय गरिएको छ।