आज मलेसियामा ४१ जना नयाँ संक्रमित , मृत्यु शुन्य

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४१ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ४९४ जनामा संक्रमण रहेकाेमा ७ हजार ४०० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ३५ हजार ९८८ रहेकाे छ भने संक्रमितको सङ्ख्या ८० लाख १३ हजार ९१९ जनामा संक्रमण रहेकाे छ । ४१ लाख ३७ हजार ५४५ जनाले स्वास्थ्य लाभ गरेका छन ।