कोशिस : दुर्गा सारु

everest kitchen
दुर्गा सारु

लघुकथा:-कोशिस
✍️दुर्गा सारु

घुमफिर गर्नु गंगारामको दिनचर्या नै बनेको थियो । घुमफिर गरेर फर्किएपछि आफ्ना छोराछोरीलाई भन्ने गर्थे ,”असल व्यवहार र ज्ञानको ज्योतिले कलिलो मुनालाई सुन्दर आकृति दिने कोसिस गर्नुपर्छ।”
छोराछोरी पनि दिनहुुँ गाउँघर छिमेकीकोमा डुल्दै उल्टो आँखाले हेर्नु हुँदैन भन्दै मिथ्याको उपदान खोजेर मनका लड्डु बनाउने काममा उर्लिरहन्थे।छोराछोरीको व्यवहार देखेर आजित भएका गंगाराम रिसले मुर्मुरिदै भने,”अनावश्यक काम कुरामा रुमल्लिएर बस्नु हुँदैन ।”छोराछोरी दुबैजनाले एकैसाथ भने,”बुबा,हामी रुमल्लिएका कहाँ हौं र?तपाईं जस्तै बन्ने कोशिस गरेका हौं ।”
छोराछोरीको जवाफ सुनेर गंगाराम अँध्यारो काेठरीकाे परीक्षाबाट जुरुक्क उठेर हिँडे ।

(स्याङ्जा )