बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्नु : स्वास्थमन्त्रालय

everest kitchen

काठमाडौं । सरकारले सबै अस्पतालहरुलाई बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्न भनेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै, ” बिरामीहरुलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दा अस्पतालहरु विच सहज समन्वय नहुँदा बिरामीहरु प्रत्यक्ष मर्कामा पर्ने गरेको , उपचार पाउन २-४ वटा अस्पतालहरुमा जान पर्ने बाध्यता भएको र समयमा आवस्यक उपचार नपाई मृत्यु समेत भएको घटनाहरु बढन थालेपछि उपचार निश्चित गरेरमात्र रिफर गर्न भनेको हो ।

मंगलबार सचिव स्तरीय बैठकले कुनै पनि अस्पताल तथा चिकित्सकले बिरामी रिफर गर्दा रिफर भई जाने अस्पताल वा चिकित्सकसंग प्रत्यक्ष परामर्श गरेपछि मात्र रिफर गर्न निर्देशन दिएको छ ।