मलेसियाबाट नेपाल आउदा जान्नुपर्ने यी कुरा

everest kitchen

 

 Bipen ulange/ editor of himaltimes

विपेन उलङगे

काठमाडौ । सरकारले विदेशमा रोकिएका नेपालीलाई स्वदेश फर्काउनको लागि निश्चित हवाई उडान र हवाई भाडादर तोकेको छ । स्वदेश फर्किने नेपालीले अन्य समयको भन्दा चार्टर फलाइट भन्दै भाडा करिब तीन गुणानै बढी रकम तिर्नुपर्ने छ।

चर्क भाडा तिरेर भएपनि धेरै नेपालीहरु स्वदेश फर्कदैछन् । सबैभन्दा बढि नेपाली मलेसियाबाट फर्कदै छन् । मलेसियाबाट फर्किनै पर्नेमा करिब ७ हजार बढि नेपाली रहेकाछन । मलेसियाबाट फर्किने अधिकांस करार अबधि सकिएका , बिरामी, भिसा अबधि सकिएका र घरफिर्ती केन्द्रमा रहेका छन ।

मलेसियाबाट जुन १८ तारिखमा हिमालय एयरलाइन्स , जुन २० तारिखमा नेपाल एयरलाइन्स र जुन २१ तारिखमा पुनः हिमालय एयरलाइन्सले चार्टर उडान गर्दैछन् । सम्पूर्ण उडानहरुको प्रस्थान (departure ) समय मलेसियन समय अनुसार दिउसोको ३ बजेर १५ मिनेट मा राखिएको छ । स्वदेश फर्कन नेपाली राजदुतावास मलेसियाको पहिलो प्राथमिकतामा परेकाले आरएम १५ सय ९० तिरेर नेपाल फर्कन पाउनेछन् भने अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने छ ।

मलेसियाबाट नेपाल फर्कदा जान्नुपर्ने कुराहरू :

मलेसिया” नेपाली युवाहरुकाे राेजगारिकाे दाेस्राे गन्तव्य मुलुक हाे । यतिबेला करिब ५ लाखबढी नेपाली मलेसियामा रहेकाे अनुमानित आंकडा छ । दैनिक सयौं नेपालीहरुले प्रयाेग गर्ने, क्वालालम्पुर विमान स्थल यतिबेला शुन्य छ । विश्वभरि कोरोना महामारिले लामो समयको लकडाउनपछि केहि नेपाली मलेसियाबाट स्वदेश फर्कन पाउने भएका छन । मलेसियाबाट नेपाली स्वदेश फर्काउने चार्टर उडानहरु  क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमानस्थल मध्यकाे “क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमानस्थल -१ (केएलआईए-१) बाट हुने भएकाले उक्त ट्रमिनल बारेमा केही सहजताको लागि केहि जानकारी राख्ने प्रयास गरेका छाैं ।

क्वालालम्पुर बिमानस्थल निर्माण भएकाे धेरै भएकाे छैन । करिब २५ बर्षदेखि याे मलेसियाको अन्तर्राष्ट्रिय बिमानस्थलकाे रुपमा रहदै आएको छ । यद्यपि मलेसियाको याे मात्र अन्तर्राष्ट्रिय बिमानस्थल भने हैन । अरु साना थुप्रै विमान स्थलहरु पनि छन । तर प्रमुख विमान स्थल भने याे एउटा हाे । करिब १० किलोमिटरमा फैलिएकाे याे बिमानस्थलमा हाल दुईवटा विमान स्थल रहेका छन । जसमध्ये “केएलआईए-१ ” र केएलआईए-२” रहेका छन । हाल: “केएलआईए-२ बाट “एयर एसियाकाे मात्र फलाईट हुन्छ ।

केएलअाईए -१ मा दुई ठुला हाउसहरु (घर) छन । यसकाे मतलब दुईवटा ट्रमिनलहाउस छन । जहांबाट हामीले यात्राकाे क्रममा जहाज चढ्ने र ओर्लिने गर्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलाे हाे “केएलआईए-१ ट्रमिनल र दाेस्राे हाे ” “केएलआईए -१ चार्लि ” । ट्रमिनल भवनबाट नै हामिले आउने ,जाने गर्नुपर्छ । सम्पूर्ण यात्रा प्रक्रियाकाे सुरुवात र अन्त्य यहीँबाट गर्नुपर्छ । यसकाे मतलब यात्रुले लिनुपर्ने “बाेर्डिङ पास देखि ईम्रिगेशन चेकजाँच तथा छापकाे काम यहीँ ट्रमिनलबाट हुन्छ भने “चार्लि ” फाेर्गेन फलाईटहरुबाट ओर्लिने र चढ्ने ठाउँ हाे भन्दा पनि हुन्छ । “ट्रमिनल हाउसबाट जाने फलाईटहरुकाे टिकेटमा गेट “ए र बि ” उल्लेख हुन्छ भने “चार्लि हाउसबाट जाने फलाईटकाे टिकेटमा गेट “सि” उल्लेख गरिएकाे हुन्छ ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमानस्थल ट्रमिनलहाउस.


याे ट्रमिनल एकदमै बिशाल भवनले बनेकाे छ । यसकाे पांच वटा तला रहेका छन ।

पाँचौ तला : सबैभन्दा माथिकाे तला पांच तला हाे । यसलाई टप फ्लाेर वा फाईभ फ्लाेर भनिन्छ । यहाँ प्रस्थान ( डिपार्टच्युर) हल रहेकाे छ । यहीँ पांच तलाबाटै यात्राकाे सम्पूर्ण प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ ।

चार तला: यहाँ एरलाईन्सहरुकाे अफिसहरु छन ।

तीन तला: यहाँ अराईभल (आगमन हल ) रहेकाे छ । तपाईं नेपालबाट मलेसिया आउदा यहि हलबाट निस्किनु पर्छ ।

दुई तला : यहाँ फुड ग्राडेन रहेकाे छ। यहाँबाट एर्पाेट नजिकैको हाेटेल समा-सामा, कार पार्पिङ बलकहरु “सि र डि “र बस पार्कमा जाने ठाउँ छ ।

एकतला (भुईतला) : यहाँबा बाहिर निस्किने ठाउँ र ” केएलआईए एक्सप्रेस ” रेल चढ्न जाने ठाउँ छ ।

हामी मलेसियाकाे क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमानस्थल-१ काे प्रयाेग गरि कुनै पनि स्थानमा यात्रा गर्नु पय्राे भने सबैभन्दा पहिला पांचाै तलामा जानुपर्छ । यसलाई बिमानस्थलकाे डिपार्टच्युर हल भनिन्छ । यहां सिधै गाडि जान्छ । तपाईं आएकाे ट्याक्सि , वस वा कारलाई सिधै पाँचौं तलामा लिन सक्नु हुन्छ । यदि तपाईं भुईतला तलाबाट बस वा रेल चढेर आउनु भयाे भने पनि सिधै पांचाैं तलामा लिफ्ट वा एक्सिलेटर प्रयाेग गरेर जानुपर्छ ।

पांचाै तलामा पुग्नु भयाे भने त्यहाँ थुप्रै मान्छेकाे भिड हुन्छ । जहाँ काम गर्ने कामदार देखि चाेर फटाहा, यात्रु सबै प्रकारका मान्छेहरु हुन्छन । तपाईं सतर्क रहन जरुरि हुन्छ । सबैभन्दा पहिला तपाईं जान्नु पर्ने कुराे तपाईंको टिकेट सम्बन्धि । टिकेट कुन एरलाईन्स र कति बजेकाे छ ? त्यहीँ अनुसार चेकईन काउण्टर अगाडिकाे स्क्रिनहरुमा तपाईंको फलाईट लिस्ट हेर्नुहाेस । यदि तपाईं नेपाल एरलाईन्सबाट नेपाल जादै हुनुहुन्छ भने स्क्रिनमा RA416 ktm १५:१५ counter: A देखाएकाे छ भने Ra416 फलाईट नम्बर हाे भने १५:१५ मा फलाईट हुने हाे र काउण्टर: A बाट ब्यागेज चेकईन र बाेर्डिङ पास लिनुपर्ने बुझ्नुपर्छ ।

नेपाल एरलाईन्सकाे फलाईटबाट नेपाल जाँदै हुनुहुन्छ भने चेकईन काउण्टर “ए” काे लाईनमा बस्नुहाेस । अरु फलाईटबाट जादै हुनुहुन्छ भने स्क्रिनमा देखाएकाे निर्देशन अनुसारकाे काउण्टरकाे लाईनमा बस्नुहाेस । काउन्टरकाे लाईनमा बसि सकेपछि आफ्नाे हाते ब्याग र लगेजकाे अबस्था बुझ्नुहाेस । आफुले लिन पाउने ताैल कति हाे ? समान्यतया एउटा ब्यक्तिले एउटा हाते ब्याग र दुईवटा सम्म लगेज लिन पाउछ । तपाईंले ४० केजी लगेज लिन पाउने अनुमति छ भने पनि एउटै लगेज ४० केजी हुनुहुदैन । एउटा लगेज ३२ केजी भन्दा माथि हुनुहुदैन । लगेजकाे साईज सामान्यतया ३६ ईन्च भन्दा ठुलाे बनाउनु हुन्न ।

नेपाली र बङगालीहरुले प्राय लगेजलाई डाेरिले बन्ने प्रचलन छ । यसाे गर्दा लगेज सुरक्षित त हुन्छ तर कतिपय अबस्थामा स्केन अपरेटर वा पुलिसले लगेज खाेल्न लगायाे भने खाेल्न अप्ठेराे हुनसक्छ । यहि बहानामा पैसा तिर्नुपर्ने पनि हुन सक्छ । लगेजकाे बाहिर हामिले टांस्ने हाते ट्यागमा पूरा नाम ठेगाना भन्दा पासपोर्ट नम्बर र जाने स्थान KUL to KTM मात्र लेख्दा राम्राे हुन्छ । यसाे गर्दा चाेरहरुले समान पहिचान गर्न सक्दैनन ।

लगेज चेकईन गरेपछि लगेजकाे पेसेन्सजर एर वाईल बेल नम्बर सहितकाे सानाे ट्याग मिल्छ । त्याे ट्याग सुरक्षित राख्नुपर्छ । त्यसैकाे आधारमा  लगेज प्रमाणित हुन्छ । समान धेरै भयाे भने साथिहरुकाेमा समान एड गरेर ताैल मिलाउनुहाेस । काउण्टर “ए र बि” काे नजिक ताैल लिने कांटा छ । ताैल लिएकाे पैसा लाग्दैन । लगेजलाई य्राप गर्नु पय्राे भने त्यहां बसेका बङगाली नेपाली बाट नगर्नुहाेस । त्यहाँ नजिकै कहाँ य्रापरिङ गर्ने मेसिन छ त्यहि गएर य्राप गर्नुहाेस । सकेसम्म घरबाटै गरेर जानुहाेस ।

यदि समान धेरै भयाे भने डष्बिनमा फाल्ने वा त्यहांका स्टापहरुलाई नदिनुहाेस । आफुलाई छाेड्न अाएकाे साथि वा अाफन्त छ भने राम्रै भाे नत्र भने तीन तलामा स्टाेर रुम छ । त्यहां जानुहाेस र समान लिन अाउन सक्ने अाफन्तकाे पासपोर्ट फाेटाे कपि दिएर वा पासपोर्टकाे फाेटाे देखाएर साथि वा आफन्तकाे नाममा समान राख्नुहाेस । यसाे गर्दा चार्ज तिर्नुपर्छ तर समान सुरक्षित हुन्छ । २४ घण्टा भित्र साथि वा आफन्त आएर समान लिन सक्नुहुनेछ ।

यि सब प्रक्रिया गरेर तपाईं जहाज चढन हिड्दै हुनुहुन्छ भने तपाईंले प्राप्त गरेकाे बाेर्डिङ पास कुन गेट नम्बर लेखेकाे छ , पछ्याउनु गर्नुहाेस । यदि तपाईंको पास (टिकेट) मा Gate C1, C2.. लेखेकाे छ भने तपाईंको फलाईट चार्लि बाट हुदैछ । त्यसलै तपाईं ईम्रिगेशनबाट भित्र छिरि सकेपछि मेट्राे ट्रेन पकडेर “चार्लि ट्रमिनलहाउसमा ” जानुपर्ने हुन्छ । त्यहाँ पुगेपछि अाफ्नाे गेट नम्बर अनुसार स्थान पछ्याउनुहाेस ।

त्यस्तै तपाईंकाे टिकेट( बाेर्डिङ पास) मा Gate A/B१,२… लेखेकाे छ भने तपाईंले मेट्राे ट्रेन चढ्नु पर्दैन । त्यहिं ईन्ट्रि भएकाे ट्रमिनलबाट गेट पछ्याउनुपर्छ ।

सहि सुचना कसरी लिने ?

कुनै पनि जानकारी लिनु पय्राे भने विभिन्न माध्मबाट दिएकाे सुचनालाई पछ्याउनु पर्छ । यदि अल्मलिएर सुचना पछ्याउन सकिएन भने “सुचना काउण्टर “(information desk ) मा गएर बुझ्नुहाेस । याता प्रत्यक चेकईन काउण्टरकाे अगाडि तिरकाे काउण्टरमा साेध्नुहाेस । भाषिक समस्या भए त्यहाँ काम गर्ने नेपालीलाई साेध्न सक्नुहुन्छ तर उसले कुनै किसिमकाे प्रलाेभन देखाएमा उसकाे कुरा नसुन्नुहाेस ।

बङगाली र स्थानीय देखि झनै सावधान रहनुहाेस । कतिपय अबस्थामा पुलिस स्वयंले पनि पैसा खान खाेज्न सक्छ त्यसैले सतर्क रहनुपर्छ । बिमानस्थल भित्र ठाउँ-ठाउँमा सुचना डेस्क हुन्छ । त्यहाँबाट सुचना लिनुपर्छ ।