विदेशमा समस्यामा परेका श्रमिकलाई कल्याणकारी कोषबाट उद्धारको तयारी थाल्ने

everest kitchen

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अलपत्र नेपालीलाई सरकारि खर्चमानै स्वदेश ल्याउन आदेश दिएपछि यस बारे रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल्याणकारी कोषबाटै श्रमिक उद्धार गर्ने तयारी गरेको बताएको छ ।

मंगलबार सर्वोच्च अदालतले विदेशमा जाने श्रमिकहरुले कल्याणकारी कोषमा पैसा तिरेर गएकाले विदेशमा समस्यामा परेका श्रमिकहरुलाई कल्याणकारी कोषको रकमबाटै उद्धार गर्न सरकारको नाममा आदेश दिएको छ । उक्त आदेशपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सर्वोच्चले गरेको निर्णय कार्यन्वयनका लागि छलफल अगाडी बढाइएको संकेत गरेका छन ।

यस बिषयमा संसदमा पनि विदेशमा अलपत्र नेपालीलाई सरकारि खर्चमा स्वदेश ल्याउने कुरा उठ्दै आएकाे छ ।

यसअघि सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका अाधारमा करिब २५ हजार नेपाली पहिलो चरणमा स्वदेश फर्काउने योजना अनुरुप हवाई उडान मिति तथा भाडादर कायम गरेको थियो । यधपी उक्त भाडादर तीन गुणा बढी भएको भन्दै चर्को विरोध हुदै आएको छ ।

यो पनि पढ्नुहोस:

विदेशमा बस्ने नेपाली कामदारलाई खुसिकाे खबर, अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने