कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, बाँकेमामात्रै दुईजनाको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या २० पुगेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचाररत ती महिला गत जेठ ३० गते मृगौलामा समस्या भएपछि भर्ना भएकी थिईन । उनको असार १ गते साझ मृत्यु भएको हाे भने असार २ गते कोराेना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जमगेश्वर गौतमले प्रष्ट पारे ।

बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको हो। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउपालिका ५ का २५ वर्ष युवाको कोरोनाबाट मृत्यु भएको थियो।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ भने गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमितकाे सङ्ख्या ७ हजार १७७ पुगेको छ भने १ हजार १६७ जना निको भएका छन । गएको २४ घण्टामा मात्रै ५८६ जनामा संक्रमण पुष्टि भएको छ ।