१८ घण्टापछि पहिरो पन्छाएपछि सडक नियमित

everest kitchen


काठमाडौं । नारायणगढ -मुग्लिन सडक खण्ड १८ घण्टापछि सुचारु भएको छ । उक्त सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक लामो समय अवरोध भएको थियो ।

बुधबार बिहान ४:१५ बजे खसेको पहिरो लगातार दुबै तीरबाट पन्छ्याउदा पनि राति १० बजे पन्छाएर सकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए ।

सो सडकमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो। उक्त सडकको पहिरो पन्छाएपछि सडक नियमित गरिएको हाे । सडक अवरुद्घ हुदा सयौं सवारीसाधनहरु अलपत्र परेका थिए ।