गल्वान झडपका क्रममा चिनियाँ सेनाको नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा

everest kitchen

photo file

ऐजेन्सी । भारत – चीन सिमा लदाखको गल्वान उपत्यकामा भएको सैन्य झडपमा चिनियाँ सैनिकको नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई चीनले रिहाइ गरेको छ ।

भारत -चीन सैनिक उच्च अधिकारीबीच भएको धेरै पटकको छलफलपछि ती १० भारतीय सैनिकहरूलाई बिहीबार साझ रिहा गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

लदाखको गल्वान भ्यालीमा सोमबार राति सीमा विवादलाई लिएर दुबै सैनिकबीच हिंसात्मक झडप हुँदा २० भारतीय सैनिकले त्यहाँ ज्यान गुमाएको भारतले बताएको छ । यधपी चीनले पनि आफ्नो तर्फ क्षति भएको तर केकति क्षति भएको छ भन्ने बारे भने अहिलेसम्म खुलाएको छैन ।

सोमबारको उक्त सैन्य झडपका बारे दुबै देशले एकअर्कालाई दोष लगाउदै आएका छन । यसअघि पनि सामान्य झडप भइरहेकोमा यसपटको झडप भने सन् १९६२ मा भएको चीन-भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ ।