विभिन्न हातहतियार सहित २ जना पक्राउ

everest kitchen

 बझाङ ।  सुर्मा गाउँपालिका-२ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र सोही ठाउँ बस्ने २१ वर्षीय निर्मला विसीलाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट लोड अवस्थामा रहेको एकनाले भरुवा वन्दुक १ थान, सोही बन्दुकको छर्रा २ सय ९३ थान, बारुदको डिब्बा ४ वटा, खुकुरी १ थान, हसिया १ थान, चक्कु १ थान, हतियार धारिलो बनाउने ढुङगा १ थान, टर्च १ थान, मोबाइल १ थान र फलामको किला १ थान प्रहरीले बरामद गरेको छ।

दुवै जना उपर भएको बहु बिवाह मुद्दामा संलग्न रही वारदात मितिदेखि नै फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा विशेष सूचनाको आधारमा प्रहरी चौकी दौलीचौरबाट खटिएको प्रहरीले सुर्मा गाउँपालिका-२ स्थित ओढारमा लुकीछुपी बसेको अवस्थामा दुवैजनालाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको प्रहरिलेे जनााएकोछ  ।